-->
यौनधन्दाको आरोपमा ठमेलमा छापा, अवैध रुपमा संचालित मसाज सेन्टरबाट २ सय बढी पक्राउ
Advertisement

काठमाडौं ,१८चैत । २ सतादेखि निरन्तर ठमेलमा छापा मारीरहेको प्रहरीले बिहिबार पनि ठमेलमा छापा मारेको छ । अवैध यौन धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले आज पनि सो क्षेत्रको स्पा , मसाज सेन्टर, डान्स र डिस्कोहरुबाट केही युवतीहरुलाई पक्राउ गरेको छ । पछिल्लो दुई सातामा प्रहरीले पर्यटकीय क्षेत्र ठमेल र सोह्रखुट्टेबाट २ सय जना भन्दा बढीलाई पक्राउ गरेको छ । पछिल्लो समय अवैध यौन धन्दा फस्ट्याएको भन्दै ठमेलका लज तथा होटलहरु प्रहरीको तारो बनेका छन् । प्रहरीले उक्त स्थानबाट होटल संचालकहरुलाई समेत नियन्त्रणमा लिएको छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.