गर्मी मौसम सुरु भयो । अब आफ्नो मुहारको छालालाई आकर्षक र राम्रो बनाउन तपाईंले केही साधारण कुरालाई ध्यान दिनुभयो भने ब्युटी पार्लर नै नपुगी तपाईंले आफूलाई सुन्दर बनाउन सक्नुहुनेछ । त्यसका लागि केही नियमको पालना गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
छालाको स्याहारका लागि त्यसको हेरचाहका साथै खानपिनमा पनि ध्यान पुर्याउनुपर्छ ।
सन्तुलित खाना खाने बानीको विकास गर्नुभयो भने त्यसको प्रभाव तपाईंको अनुहारको छालामा देखिनेछ । त्यसका लागि दैनिक रुपमा जुस, फाइबरयुक्त खानेकुराका साथै शरीरलाई चाहिने पानी पिउनुपर्दछ । जसको पोषणले तपाईंको अनुहारको छालालाई चम्काउने गर्दछ ।
तपाईंले दिनमा कतिपटक आफ्नो मुहार धुनुहुन्छ त्यसले पनि छालालाई राम्रो बनाउन मद्दत गर्दछ । तपाईंको छाला बढी ओयली(चिल्लो) छ भने दिनमा दुई पटक अनुहार धुनुपर्दछ । सुख्खा छाला भएमा दैनिक एक पटकमात्र धुनुभयो भने पनि पयाप्त हुनेछ ।
धेरै पटक अनुहार धोएमा छाला चम्किलो हुने मानिसको विश्वास छ तर, धेरै पटक अनुहार धुनुपनि छालाको लागि हानिकार हुनसक्छ । बढी चिल्लो छाला भएमा पनि दिनमा तीन पटकभन्दा बढी धुनु छालालाई हानी पुर्याउनु हो ।
यदी तपाईंको छालामा साना सेता दाग छन् भने समयसमयमा सफा गर्न सक्नुहुनेछ ।
गर्मी बढेसँगै छालाको स्याहार गर्न विशेष ध्यान दिनु जरुरी छ । त्यसैले आफ्नो मुहार धुनु अघि निम्न कुरामा ध्यान पुर्याउनुहोस् ।
बिहानै मुख धुनुहोस्



0 comments
प्रतिक्रिया दिनुहोस्...