-->
ह्यारीको कथा देखाउँदै ‘मेरी बास्सै’मा धुर्मुस र सुन्तलीको आगमन
Advertisement

केही दिन अगाडि अनलाइनखबरमा चर्चित हाँस्य सिरियल ‘मेरी बास्सै’को छायांकन सुरु भएको समाचार प्रकाशन भएको थियो । जसमा यो सिरियलका चर्चित दुई पात्र सिताराम कट्टेल र कुञ्जना घिमिरे नभएको र निर्देशक पनि परिवर्तन भएको उल्लेख थियो । समाचार प्रकाशित भएलगतै मिडिया हबमा सिताराम, कुञ्जना लगायतको छलफल चलेको थियो । निर्देशक समेत परिवर्तन गरेर मिडिया हबले सिरियल फेरि प्रशारण गर्न थालेपछि सिताराम र कुञ्जना केही तातिएका थिए ।
सोही छलफल केही हप्ता चलेपछि अब भने चर्चित दुई पात्र सिताराम र कुञ्जना ‘मेरी बास्सै’मा फर्किएका छन् । यो सिरियलको निर्माता मिडिया हब हो, जसले नेपाल टेलिभिजनमा समय किनेर यो सिरियल प्रशारण गरिरहेको छ । मिडिया हबमा आर्थिक संकट लागेपछि यो सिरियल पनि रोकिएको थियो ।
सितारामका अनुसार पुरानै हिसाब बाँकी नै छ । तर, अब यो सिरियलको सुटिङमा लाग्ने सम्पूर्ण खर्च मिडिया हबले ब्यहोर्ने तथा अन्य आर्थिक कुरा पनि मिलेपछि सिताराम र कुञ्जना फर्किएका हुन् । यो सिरियलको निर्देशन पनि सितारामले नै गरेका छन् । आइतबार यो सिरियलको छायांकन पनि भएको छ, भोली मंगलबारबाट यो सिरियल नेपाल टेलिभिजनमा प्रशारण हुनेछ । ‘धुर्मुस र सुन्तली’ नामक पात्रका कारण सिताराम र कुञ्जना चर्चित बनेका थिए । सिरियल बन्द भएपछि यी दुई सरसफाई अभियान र सामाजिक कार्यमा व्यस्त थिए ।
यो साता नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार ह्यारीको कथालाई देखाइएको छ । नेपाल टेलिभिजनमा अहिले ‘भद्रगोेल’को प्रशारण पनि सुरु भैसकेको छ भने ‘जिरे खुर्सानी’को समयमा शिवहरी पौडेल र किरण केसी मिलेर ‘ब्रेक फेल’ नामक हा“स्य सिरियल सुरु गरेका छन् । यता, ‘तितो सत्य’ भने बन्द छ । अहिले दीपकराज गिरी र दीपाश्री निरौला चलचित्र छायांकनमा व्यस्त छन् ।
अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.