हुलाकी सडक बनाइदिने आश देखाएर एक वर्ष अघि पन्छिएको भारतले अहिले कबोल गरेको अनुदान रकमसमेत दिन आनाकानी गरेको छ। डेढ दशकसम्म झुलाएर नेपालतिर पन्छाएको काम नै रोक्ने मनसाय राखी भारतले रकम दिन आनाकानी गरेको हो। निर्माण गरिदिने सम्झौता हुँदा आठ अर्ब रुपैयाँ (भारु ५ अर्ब) लागत अनुमान गरिएको लागत अहिले बढेर करिब १३ अर्ब रुपैयाँ पुगेको छ।
निर्माणबाट गत वर्ष चैतमै भारतले हात झिकेपछि सरकारले नयाँ ठेक्का प्रक्रिया सुरु गरेको थियो। तर ठेक्का सम्झौता हुनै लाग्दा सकड बन्न नदिने गरी नयाँ शर्त तेस्र्याएर रकम नदिने व्यवहार देखाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उच्च अधिकारीले बताए । उपप्रधान तथा भौतिक योजना मन्त्री विजय कुमार गच्छदारले समेत भारतबाट अनुदान रकम नआउँदा ठेक्कामा जान समस्या भएको बताए । भारतले हात झिकेपछि सडक विभागले पहिलो चरणमा सक्ने लक्ष्य राखिएका १९ मध्ये १२ सडकको ठेक्का प्रक्रिया सुरु गरेको थियो । – News24Nepal.com



0 comments
प्रतिक्रिया दिनुहोस्...