काठमाडौं, १५ चैत । नेपाललाई हिन्दू राष्ट्र बनाउन देशभरी अभियान चलाइरहेका राप्रपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बुटवल पुगेर नयाँ घोषणा गरेका छन् ।
हिन्दूराष्ट्र नेपाल स्थापनार्थ सोमबार बुटवलमा आयोजित हिन्दूत्व जागरण बृहत आमसभालाई सम्बोधन गर्दै मन्त्री थापाले हिन्दू राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन पनि गर्ने घोषणा गरेका हुन् ।
अलग पहिचान र फरक विचार लिएर सरकारमा सहभागी भएको राप्रपा नेपाल आफ्ना एजेण्डा स्थापित गर्न हिन्दू राष्ट्रको पक्षमा जस्तोसुकै आन्दोलन गर्नपनि तयार रहेको भन्दै थापाले हिन्दू धर्मको पक्षमा एकतावद्व हुन सबैलाई मञ्चबाटै आह्वान समेत गरे । पार्टीका मुद्दालाई संविधानले नसमेटेकाले आफ्नो दलले मात्रै संविधानको विपक्षमा मतदान गरी मुद्दा स्थापित गराउन जनतामाझ आएको स्पष्ट पारे ।
संविधान जारी भइसकेपछि त्यसलाई मान्नु सबैको कर्तव्य भएको र राप्रपा नेपालले पनि सोही कर्तव्य निर्वाह गर्दै संविधानमा भएका अन्तरवस्तुमा विमती राखेर जनतामा आएको उनको भनाइ थियो । उनले जनमतको माध्यमबाट हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गराएरै छाड्ने अठोट व्यक्त गर्दै हिन्दू राष्ट्र स्थापित नहुदाँसम्म आन्दोलवाट विश्राम नलिने समेत प्रष्ट पारे ।
‘बरु पर्यो भने सरकार छाडिन्छ तर, ९४ प्रतिशत नेपाली जनताको भावना, चुनाबमा जनताले हामीलाई दिएको म्यान्डेड, विश्वमा देखिएको हिन्दूत्वको जनमत अनि हाम्रो गौरबशाली पार्टी राप्रपा नेपालको मुल एजेन्डा हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था जस्तो हाम्रा आत्मीय मुद्दालाइ हामी किमार्थ छोडदैनौ’ थापाले भने ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...