चीनका राष्ट्रपति शी जिङ्गपिङ्गले बंगलादेशको ४५ औं राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति अब्दुल हामिदलाई पठाएको आफ्नो सन्देशमा दुई देशबीचको मित्रता केही समययता मजबुत हुँदै गएको उल्लेख गरेका छन् ।
उनले चीन-बंगलादेशको पारम्परिक मित्रता निरन्तर प्रगाढ हुँदै गएको बताउँदै हरेक क्षेत्रमा भएका द्धिपक्षीय संवाद र सहयोग फलदायी रहेको बताएर नजिकिन चाहेको संकेत गरेका हुन् ।
शी ले पठाएको शुभकामना सन्देशमा सीमाना र सडक (सिल्क रोड) को पहललाई अझ अघि बढाउन द्धिपक्षीय रणनीतिमा आपसी तालमेललाई अझ मजबुती प्रदान गर्नका लागि चीन बंगलादेशसँग काम गर्न तयार रहेको जनाएका हुन् ।
उनले यो प्रयासले चीन र बंगलादेशबीच रहेको निकटतालाई अझ ब्यापक बनाएर सहयोग र साझेदारीलाई अघि बढाउन सकिने संकेत दिएका हुन् ।
चीनका प्रधानमन्त्री ली खिछ्याङले पनि बंगलादेशस्थित आफ्नी समकक्षी शेख हसिनालाई शुभकामना सन्देश पठाउँदै दुई देशबीचको सम्बन्धलाई ब्यबहारमै अझै बलियो बनाउन चाहेको बताएका छन् ।
उनले दुई देशबीचको सम्बन्ध सबै क्षेत्रमा व्यवहारमूलक बन्दै निरन्तर प्रगतितर्फ उन्मूख भइरहेको उल्लेख गरेका छन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...