काठमाडौं, १९ चैत – टी-२० विश्वकपको सेमिफाइनलमा वेष्टइण्डिजसँग पराजित भएपछि भारतीय कप्तान महेन्द्र सिंह धोनीलाई सन्यासबारे प्रश्न आएको छ। तर, उनले अनौठो तरिकाले जवाफ दिएका छन्।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलपछि पत्रकार सम्मेलनमा धोनी कुराकानी गरिरहेका थिए। अष्ट्रेलियाका पत्रकार सम फेरिसले धोनीलाई सोधे कि यो हारपछि तपाईँ अझै खेल्नु हुन्छ ?
धोनीले पत्रकारलाई प्रश्न फेरि दोहोर्याउन भने। फेरिसले फेरि त्यही प्रश्न गरेपछि धोनीले हाँस्दै भने, यहाँ आउनुस्, केही रमाइलो गरौं।’ सुरुमा त पत्रकार केही हिचकिचाए। तर, पछि गएर धोनीसँगै बसे।
धोनीले फेरिसको काँधमा हात राख्दै भने, ‘मलाई लाग्यो कि कुनै भारतीय पत्रकार हो। किनकी म तपाईलाई यो त सोध्न सक्दिँन कि तपाईँको भाइ वा छोरा छ, जो विकेट किपर हो र भारतका लागि खेल्न सक्छ।’ त्यसपद्धि धोनीले सोधे, ‘के म भागिरहेको देखेर तपाईँलाई लाग्यो कि म अनफिट छु ?’
फेरिसले भने, ‘होइन, धेरै भाग्नुहुन्छ।’ फेरि धोनीले सोधे, ‘के तपाईँलाई लाग्छ कि म २०१९ को वल्र्डकप खेल्न सक्छु ? यसमा फेरिसले जवाफ दिए, ‘हो, तपाईँले खेल्नुपर्छ ।’ त्यसपछि धोनीले भने, तपाईँले मेरो जवाफ दिनुभयो ।
धोनीको घुमाउरो शैलीमा सन्यास नलिने र २०१९ को विश्वकप खेल्ने जवाफ दिएका छन् । dcnepal



0 comments
प्रतिक्रिया दिनुहोस्...