काठमाडौं, १६ चैत । काठमाडौं उपत्यकामा सोमबार आएको हावाहुरीका कारण काठमाडौंमा ६ जना, भक्तपुरमा ४ जना र ललितपुरमा २ जना गरी १२ जना व्यक्तिहरू घाईते भएकोमा उपचारको क्रममा १ जना महिलाको काठमाडौंमा मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिका–१५ स्वयम्भु स्थित स्तुपा नजिकको घरको छतबाट ईट्टा खस्ने क्रममा भागदौड हुँदा नागार्जुन–४ सितापाईला बस्ने कञ्चनपुर महेन्द्रनगरकी ३५ वर्षीया बिमला मगर घाईते भई मनमोहन मोरियल अस्पताल स्वयम्भु लगेकोमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यसैगरी चितवनको दारेचोक–३ स्थित सोराहा चोकमा सोमबार हावाहुरीको कारण भूकम्प पीडित बस्दै आएका २७ वटा घर र राष्ट्रिय प्रा.बि.बेलडाँडाको जस्ताको छाना उडाएको छ ।
यस्तै, गोर्खाको बोर्लाङ–२ स्थित भूकम्प पिडितहरु हस्तबहादुर रोक्का, राजेन्द्र गैरे, हर्कबहादुर रोक्का, मिठ्ठु गैरे, मनकुमारी रोक्का, र चिजकुमारी रोक्कासमेत ६ जनाको घरको जस्तापाता सोमबार हावाहुरीले उडाएको छ ।
यस्तै, महोत्तरीको गौशाला–२ स्थित राजकिशोर नुनियाको घरमा उखुको सुकेको पात जलाउने क्रममा हावाहुरीको कारण सोमबार आगलागी हुँदा १ वटा गाई, २ वटा बाख्रा र घर समेत जलेर करीब ४ लाख बराबरको क्षती भएको छ ।
यस्तै, धादिङको केवलपुर गा.बि.स.मा सोमबार आएको हावाहुरीको कारण संस्कृत उच्च मा.वि.र प्रहरी चौकी जिबनपुरको कार्यालयसमेत ८८ घर धुरीको छाना उडाएको छ ।
dainiknepal



0 comments
प्रतिक्रिया दिनुहोस्...