-->
सेनाका एक जवानले अर्काकी श्रीमतीलाइ बारम्बार यौन सम्पर्क गरे पछि.......!!
Advertisement

विवाहित महिलालाई आफ्नो माया जालमा पारेर यौनसम्पर्क राख्दाराख्दै नेपाली सेनाका एक जवान कञ्चनपुरमा रंगेहात पक्राउ परेका छन् । डडेल्धुरास्थित गरुड दल गणमा कार्यरत सैनिक जवान चन्द्र बहादुर भुजेललाई मंगलबार राति दोधारा चाँदनीकी एक विवाहित महिलासँग यौनसम्पर्क गरिरहेका बेला स्थानीयहरुले ओछ्यानमै फेला पारेको स्थानीय दिपक चन्दले बताए ।
‘गाउँलेहरुले फेला पारेर प्रहरीलाई बुझाएका छन्’ उनले भने । सैनिक जवान भुजेल र ती महिलालाई मंगलबार राति नै प्रहरीलाई बुझाएको महिलाका सासु अमृतादेवी सारुले जानकारी दिइन् । एक वर्षअघि शुक्लाफाँटा बन्यजन्तु आरक्ष क्षेत्रमा कार्यरत रहँदा भुजेलले ती विवाहित महिलालाई आफ्नो माया जालमा पारी सम्बन्ध बढाएको खुल्न आएको छ । इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका अनुसार ती महिलाका श्रीमान विदेशमा छन् ।
भुजेललाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा राखेको छ । ती महिलाका एक १२ वर्षको र एक ६ वर्षको २ छोरा तथा श्रीमान रोजगारको सिलसिलामा मलेसियामा रहेका छन् ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.