-->
माक्स लगाउने बच्चालाई सुरक्षागार्डले गोली हानेपछि...
Advertisement

एजेन्सीः सुरक्षागार्डलाई तर्साउन माक्स लगाएर आएका एक बच्चालाई सुरक्षागार्डले गोली प्रहार गरेका छन् ।
यो पाकिस्तानको खबर हो । पाकिस्तानको कराँची सहरमा एक ११ वर्षका बालकले भुतवाला माक्स लगाएर बाहिर निस्किएका थिए । भुतवाला माक्स लगाएको बालक पछाडिबाट आउँदा आत्तिएका सुरक्षागार्डले गोली चलाएका थिए ।
गोली लागेर गम्भीर घाइते भएका बालकलाई अस्पताल लगिएपनि उनको मृत्यु भएको छ ।
सुरक्षा अधिकारीले उक्त गार्डलाई गिरफ्ता गरेको छ ।
कराचीमा धेरैको संख्यामा सुरक्षागार्ड छन् । उनीहरुलाई कम पारिश्रमिक दिनुका साथै उचित तालिम पनि नदिने गरिएको स्थानीयले बताएका छन् ।
घटनापछि मृतक बालकका परिवार तथा स्थानीयबासीले कराँचीमा प्रदर्शन गरेका थिए ।
अन्नपूर्ण पोस्ट्बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.