एजेन्सी । शिक्षक र विद्यार्थी भनेको पवित्र सम्बन्ध हो ।
तर, चीनको ग्वाङसी प्रान्तको एउटा विद्यालयमा भएको घटनाले यो पवित्र सम्बन्धलाई लज्जित बनाइदिएको छ ।
जहाँ शिक्षकले दिनदहाडै एक छात्रामाथि जबरजस्ती गरेका छन् । यो घटनाको कहालिलाग्दो तस्विर समाजिक सञ्जालमा भाइरलै बनेको छ ।
चिनियाँ पत्रिका पिपल्स डेली चाइना का अनुसार लिङ्सान काउन्टीको ताइपिङ हाई स्कुलमा ३० वर्षीय हुओ नामका शिक्षकले आफ्नै छात्रामाथि सबैका अगाडि जबरजस्तीको प्रयास गरेका छन् ।
उनले छात्रामाथि जबरजस्ती गरेपछि अन्य शिक्षकहरुले तत्कालै आएर छात्रालाई बचाएका थिए । सामान्य चोट लागेकी छात्रालाई तस्विरमा दिनदहाडै नग्न व्यक्तिले समातेर भित्तामा ठेलिरहेको देख्न सकिन्छ ।
विद्यालयको ल्याबमा काम गर्ने शिक्षक हुओको दिमागी सन्तुलन ठिक नभएकाले यस्तो घटना हुन गएको र उनलाई विद्यालय प्रशासनले प्रहरीको जिम्मा लगाएको छ ।
लिङ्सन काउन्टीका प्रहरीले घटनाको अनुसन्धान गरिरहेका छन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...