-->
नेपालले मलेसियासँग बराबरी खेल्यो
Advertisement

मलेसियाः मलेसियाको युवा टीमसँग भएको मैत्रीपूर्ण खेलमा नेपाली युवा टीमले १–१ गोलको बराबरी खेलेको छ । 
 
पहिलो हाफमा लिएको अग्रता दोस्रो हाफमा जोगाउन नसक्दा नेपाली युवा टीमले बराबरीमै चित्त बुझाउन बाध्य भएको हो । 

पहिलो हाफमा आक्रमक खेलेको नेपाली टीमका लागि भरत खवासले खेलको ३६ औं मिनेट गोल गरेका थिए । 

उनले मलेसियन किपर अल्मलिएको अवस्थामा एकल प्रयासमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । 

दोस्रो हाफको अन्तिम १० मिनेटसम्म अग्रता कायमै राखेको नेपालले ८६ औं मिनेटमा गोल खान पुग्यो । 

मलेसियाका लागि खेलको ८६ औं मिनेटमा मोहमद अरिफ बिन महोनदले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । 

बंगबन्धु र साफ च्याम्पियन्सिपमा सर्वाधिक गोल गरेका नवयुग श्रेष्ठ आजको खेलमा गोल गर्न असफल रहे । 

त्यसपछि दुबै टीमबा गोल हुन नसकेपछि खेल १–१ गोलको बराबरीमा सकिएको हो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.