-->
'अपहरणकारीसँगकाे सेल्फी जीवनकै उत्कृष्ट'
Advertisement

लन्डन— इजिप्टको अलेक्जान्ड्रियाबाट राजधानी कायारोका लागि मंगलबार उडेको एउटा जहाज अपहरणकारीले साइप्रसको लार्नाका पु¥याएर फोर्सल्यान्ड गरायो। बिहान करिब ८ः३० बजे अपहरण भएसँगै विश्वभरि चिन्ता र तनाब फैलियो।

अपहरणकारीले लुर्नाकामा पुगेर आफ्नो एक मात्र माग पूर्वपत्नी भेट्न पाउनुपर्ने बताए त्यसपछि घटनाले अर्कै मोड लियो। यो अपहरणको चोक पक्ष के रह्यो भने विमानका यात्रुले अपहरणकारीसँग सेल्फी खिचेका तस्विरहरु सोसल मिडियामार्फत् सार्वजनिक गरे।

कम्मरको पेटीमा अपहरणकर्ता शेफ एल्डिन मुस्तफाले विस्फोटक पदार्थ भिरेका थिए। सेल्फी फोटो सार्वजनिक गर्ने एक वेलायतीले आफूले सो विस्फोटक पदार्थ देखाउनलाई फोटो खिचेको प्रस्टिकरण दिएका छन्।
'अपहरणकर्ताको आत्मघाती बेल्ट नजिकबाट देखाउनलाई मैले उनीसँग फोटो खिचेको हुँ', वेलायती यात्रु बेन इन्सले भनेका छन्, 'नाजुक अवस्थामा म खुशी रहने प्रयासमा थिएँ।' बम नक्कली भएको हुनसक्ने उनले अनुमान गरेका छन्। 'यदि बम सक्कली हुँदो हो त गुमाउनलाई उनीसँग केही थिएन।'

इन्सले आफ्नो जीवनकालको यो सबैभन्दा उत्कृष्ट सेल्फी भएको बताएका छन्। 'यात्रुहरुबीच तनाब भइरहेको बेला मैले एकजना फ्लाइट अटेन्डेन्टलाई आग्रह गरेर यो तस्विर लिन लगाएँ', स्वास्थ्य सुरक्षामा काम गर्ने इन्सले भने।

अपहरणकारीले आफ्नो एक मात्र माग पूर्वपत्नी भेट्न पाउनुपर्ने बताएका थिए। उनकी पत्नी लुर्नाका सहरभन्दा केही परको गाउँमा बस्ने बस्दै अएकी थिइन्।
अपहरणकारी मुस्तफालाइ साइप्रसको एक अदालतले ८ दिन थुनामा राख्न निर्देशन दिएको छ। अपहरणकारीको मानसिक अवस्था ठिक नभएकोले उनलाइ कानुनअनुसार कारवाही हुने सम्भावना न्युन रहेको बताइन्छ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.