-->
सर्वेन्द्र खनालको अर्को सफल कारवाही, अपराधि उम्कन पाएनन !!!
Advertisement

बिहीबार, ११ चैत
काठमाडौं। भक्तपुरको नगरकोटस्थित मनपोखरीमा मृत अवस्थामा भेटिएकी युवती भेनिशा लिम्बुको हत्यामा संलग्न तीनजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।महानगरिय प्रहरी अपराध महाशाखा, टेकुले हत्यामा संलग्न मध्य १ जना अझै फरार रहेको जनाएको छ ।
कपन निवासी भेनिशा लिम्बु माग ८ गतेदेखि नै घरबाट सम्पर्क विहीन भएकी थिइन् । आज पक्राउ पर्नेमा काठमाडौं बौद्ध निवासी सन्नी लामा, सजिव लामा, राजन राई हुन् ।
प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालका अनुसार अभियुक्तहरु मध्ये सन्नी राईसँग उनको अफेयर चलेको थियो।
गिरफ्तार भएका संग अनुसन्धान गर्दा भेनिशा राति ठमेलको हार्ड रक डिस्कोमा गएर रमाइलो गरेको र त्यसपछि बौद्ध गेटस्थित एक अपार्टमेन्टमा गएको बसेको बताएका छन् ।
घटनाबारे बताउँदै खनालले सन्नी, भेनिशा र फरार अभियुक्तहरु मदिरा सेवन गरि अपार्टमेन्टमा सँगै बसेको बताएका छन् । मदिरा सेवन पछि सन्नीले भेनिशालाई शारीरिक सम्बन्धको प्रस्ताव गर्छन् र भेनिशा त्यसको लागि राजी हुन्छिन् र सहमतिमा उनीहरुले यौन सम्पर्क गर्छन् । त्यसपछि हाल फरार रहेका व्यक्तिले पनि भेनिशा संग यौन सम्पर्क गर्ने प्रस्ताव गर्छन् तर भेनिशाले त्यो नमानेपछि सो अपार्टमेन्टको छैठौं तलाबाट खासालिदिन्छन् ।
प्रहरीले बताए अनुसार छत बाट खसेकी भेनिशालाई अस्पताल लैजाने भन्दै अभियुक्तहरुले गाडीमा हाल्छन् तर अस्पताल लैजादैंनन् र भेनिशाको गाडीमा नै मृत्यु हुन्छ ।
त्यसपछि त्यो लासलाई नगरकोटमा लगेर फ्याँक्छन् ।लासलाई फालिसकेपछि फरार भनिएका व्यक्तिले सनिलाई बिहान अन्दाजी तीन बजेतिर घरमै छाडिदिएका थिए । अर्को दिन बिहान पाँच बजे पुनः उक्त फरार भनिएका व्यक्ति सनिको घरमा आएर मोबाइल स्वीच अफ गरेर बस्न भनेका थिए । बिहान १० बजेतिर फेरि आउँछु भनेका ति व्यक्ति नआएपछि सनि र राजन उसको घरमा खोज्न गएका थिए । तर, नभेटेपछि सनि र राजन नेपाल-भारत सीमा क्षेत्रमा गएर लुकीछिपी बसेका थिए ।
उक्त सूचना पाएपछि चैत १० गते अपराध महाशाखाको टोली उनीहरु बसेको स्थानमा पुगेको थियो । त्यसपछि चैत ११ गते उनीहरुलाई सर्लाहीको त्रिभुवननगर गाविस १ बाट पक्राउ गरेको हो ।
nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.