लन्डन- भूपू गोर्खाहरुले बेलायती प्रधानमन्त्री डेविड क्यामरून को कार्यालय अगाडि विशाल बिरोध जुलुस को प्रदर्शन गरेका छन् । भूपु गोर्खाहरुको आवाज र मागहरुमा समर्थन जनाउंदै ब्रिटिश भेटानहरुले सो खबरदारी बिरोध सभा को आयोजना गरेका थिए जसमा भूपू गोर्खा र तिनका परिवार सहभागी भए । यूके भेटान्स् वान भोइसले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा हजारौ को सहभागिता रहेको थियो ।
बेलायती रक्षा मन्त्रालय को पछाडी को स्थान बाट मार्च पास गर्दै अगाडि बढेको प्रदर्शन जुलुस टाफलगर स्क्वायर हुंदै प्रधानमन्त्री कार्यालय अगाडि सिनोतापमा पुगेर बिशाल सभामा परिणत भएको थियो । ज्ञापनपत्र बुझाइएपछि भूपू गोर्खाहरुले मन्तव्य राख्दै आफ्नो आन्दोलन अझ सशक्त बनाउने उद्घोष गरेका छन् ।
सम्वोधनका क्रममा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले अप्रिल २४ तारिख ऐतिहासिक निर्णय मा लैजाने हुने उल्लेख गरेका थिए । बेलायत सरकारले भूपू गोर्खाहरुको मागहरु पुरा गरिदिए तेस दिनलाई उत्सव मनाउन, नभए जीवन वलिदानका लागि त्यसैदिन तयार रहन समेत आग्रह गर्दै बेलायत सरकार ले भूपू गोर्खा का मागहरु को सम्वोधन नगरे २४ अप्रिल सांझ देखि रिले अनसन शुरु गरिने उद्घोष गरे ।
तेस्तै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका कार्यवहाक संयोजक सूर्य नेम्वांगले यो आन्दोलन नै भूपू गोर्खाहरुको अधिकारका लागि अन्तिम आन्दोलन हुने बताउदै ब्रिटिश सेनामा गोर्खा भर्तीको दुई सय वर्ष पुग्दा पनि माग पुरा नभए २०० गोर्खाहरु आ- आफ्नो प्राण को आहुति दिन समेत तयार हुनुपर्ने बताए ।
तेस्तै गरि, गैर आवासीय नेपाली संघ बेलायतका उपाध्यक्ष हिराधन राईको संयोजकत्वमा एनआरएनहरुको पनि बिशाल सहभागिता रहेको सो प्रदर्शन मा मन्तव्य ब्यक्त गर्दै राईले गोर्खाहरुको आवाज र मागहरु जायज भएको जित पनि निश्चित हुने दावी गरेका थिए।कार्यक्रममा गोर्खा अभियन्ता डा. राम नारायण कन्दंग्वा, मेजर रि. मानबहादुर राई, राजेन्द्र क्षेत्री, एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुंग लगायत ब्रिटिश भेटानहरुले पनि सम्वोधन गर्दै आन्दोलनमा साथ रहने ऐक्यवद्धता जनाएका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...