-->
दुर्गम गाउँमा स्कुल पुनर्निर्माणका लागि ह्यारीले दिनभर डोकोमा ढुंगा बोके
Advertisement

नेपाल भ्रमण ६ दिन लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रवार दिनभर डोकोमा ढुंगा बोकेका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीवार गथोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घण्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन्। 

राजकुमार ह्यारी लापुबेसीस्थिति प्रभातकिरण माध्यामिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन्। उनको टोलीमा ३ जना नेपाली र उनीसहति १४ जनाको ब्रिटिस आर्मी छन्। 

मिडियाको पहुँचभन्दा टाढा रहेर ६ दिनसम्म श्रमदान गर्न लापुबेसी आइपुगेका उनी स्थानीय लापु गेस्टहाउसमा बसेका छन्। बिहीवार राति त्यही बसेका उनी शुक्रवार पनि सोही गेस्टहाउसमा बसेका थिए।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.