-->
फ्रेन्च फिल्मका कलाकार नेपालमा नमस्ते गर्न सिक्दै
Advertisement

काठमाडौं – अन्तराष्ट्र्रिय हाँस्य कलाकार अहमद स्याल्ला सगरमाथा आरोहणका लागि सगरमाथा प्रवेशद्वारमा पुगेका छन्। सगरमाथा अाराेहण गर्न भनेर उनी त्यहाँ पुगेका भने हाेइनन्। नेपालमा सुटिङ भइरहेकाे हलिउड निर्देशकका लुदोभिक बर्नाडको 'ला एसेन्सन' नामक फिल्मको सुटिङका लागि उनी त्यहाँ पुगेका हुन्। 

गत साता नेपाल आएका हाँस्य कलाकार अहमद लुदोभिक बर्नाडको 'ला एसेन्सन' का मूख्य पात्र हुन्। फ्रेन्च युवाको सगरमाथा चढ्ने कथावस्तुमा फिल्म केन्द्रित रहेको छ। हाँस्य कलाकार अहमदले इन्स्टाग्राममार्फत् फिल्मको तयारीबारे शुभचिन्तकहरुलाई फोहोसहित जानकारी गराएका थिए। 'प्रिय मित्रहरु, म समुन्द्र सहतदेखि २८ हजारमाथि शेर्पाहरुसँग नियमित सुटिङको लागि तयारीमा व्यस्त छु,'उनले लेखेका छन्,'मैले शेर्पाहरुबाट 'नमस्ते' नामक नेपाली शब्दहरु सिक्ने प्रयास गरिरहेको छु।'

एक महिने फिल्म सुटिङको लागि २५ सदस्य टोली केही दिनअघि नेपाल आएको थियो। यसअघि फ्रेन्च भाषाको 'ला एसेन्सन' फिल्मको सुटिङ त्रिभुवन विमानस्थलमा गरिएको थियो। तीन दिनको राजधानीको सुटिङ सिध्याएर फिल्म युनिट सगरमाथा वरपरको दृश्य खिच्न लुक्लामा छ।

फिल्मलाई नेपालमा आइसफल प्रोडक्सनले सहकार्य गरिरहेको छ। आइसफल प्रोडक्सनले यसअघि 'हाइवे टु धम्पुस' नामक फिल्म निर्माण गरेको थियो।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.