I काठमाडौ–तराई मधेशको मुख्य पर्व होलीलाई रोक्ने गरि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विज्ञप्ति आएपछि मधेशमा होली मनाउन नमनाउनेमा भन्नेमा अन्योलता देखिएको छ । पहाडि भेगमा आज होली मनाइएपनि तराईमा भोलि धुमधामका साथ होली मनाइँदैछ ।
मधेसी मोर्चाको निर्णयका बाबजुत पनि मोर्चाका एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीले जनकपुरमा मनाएको होली कार्यक्रम
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले होली नमनाउने गरि हिजो जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संघर्षको क्रममा ५ दर्जनभन्दा बढी आन्दोलनकारीहरुको निर्मम नरसंहार गरिएको छ । घरमा शोकको यस्तो अवस्थामा होली मनाईदैन । होलिका दहन झै यस वर्षको होली उच्चतावादी अहंकार, वर्चस्ववाद र दानवी प्रवृतिबाट राज्यलाई मुक्ति देओस् ।’
‘एक वर्षमा आउने सो रमाइलो पर्वलाई रोक्ने अधिकार मधेशी मोर्चालाई कसले दियो रु मधेशको अधिकारसँग कला सँस्कृति जोडिएको छैन रु’ भनि मधेशमा प्रश्न उठ्न थालेको छ ।
राजनीतिमा शोकलाई शक्तिमा बदल्ने कुरा पनि भइरहेको हुन्छ, सोहि अनुरुप होलीलाई शोकलाई शक्तिमा बदल्ने गरि आन्दोलनकै एक रुपमा मनाउँदा पनि सकिन्थ्यो । आन्दोलनप्रति आकर्षण बढाउन तथा चेतना फैलाउनका लागि र शक्ति सञ्चयका लागि पनि होलीलाई प्रयोग गर्न सकिन्थ्यो । तर सो विपरित मोर्चाले होलीनै नमनाउने निर्णय गरेपछि यसको सर्वत्र विरोध मात्रै भएको छैन मोर्चाको कदमको नियतमाथि प्रश्नचिन्ह समेत खडा भएको कतिपयले टिप्पणी गरेका छन् ।
सँस्कृतिविद रामभरोस कपडीले यो बेला होली रोक्ने बेला नभएको टिप्पणी गरे ।
होलीले माहौल रंगिन भइसकेको बेला यस्तो घोषणा गर्नुको कुनै तुक नरहेको समेत कापडीले बताए । उनले भने, ‘यो संस्कृतिमाथिको प्रहार पनि हो ।’



0 comments
प्रतिक्रिया दिनुहोस्...