महिला विश्व टी-२० मा पाकिस्तानले भारतलाई हराएको छ। वर्षाले प्रभावित खेलमा डक वर्थ लुइस नियमका आधारमा पाकिस्तानले २ रनले हराएको हो।
वर्षाले खेल रोकिनु अघि पाकिस्तानले १६ ओभरको खेलमा ६ विकेट गुमाएर ७७ रन बनाएको थियो। ९७ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तानी टिमले जितका लागि २० रन आवश्यक रहेको बेला डक वर्थ लुइस नियमा आधारमा छोट्याइएको खेलमा पाकिस्तानले ७६ रनको लक्ष्य पाएको थियो।
उसका लागि सिद्रा अमीनले २६ रन बनाएकी थिइन्। यस्तै नहिदा खानले १४, मुन्निबा अलिले नटआउट १२ रन बनाएकी थिइन्।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ९६ रन बनाएको थियो। उसका लागि भेडा कृष्णामुर्तीले सर्वाधिक २४ रन बनाएकी थिइन्।
Setopati बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...