-->
नेपाल र चीनबीच पारवहन सम्झौतामा हस्ताक्षर
Advertisement

८ चैत, बेइजिङ । नेपाल र चीनबीच पारवहन तथा सम्झौता भएको छ ।
बेइजिङमा प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ सकमक्षी ली खछ्याङबीचको भेटवार्तापछि सम्झौता भएको हो । सम्झौता पत्रमा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् ।
पारवहन सम्झौता प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डा थियो । यो सम्झौतालाई नेपालको हितमा ऐतिहासिक मानिएको छ ।
चीनसँगको सम्झौताले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता अन्त्य भएको छ ।
नेपालले यसअघि भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो । तर, संविधान जारी भएपछि नाकाबन्दीका क्रममा उसले तेस्रो मुलुकबाट हुने आयात समेत रोकेको थियो ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.