-->
सीके राउतलाई युवा संघले कारवाही गर्ने, समात्न काठमाडौंमा युवा परिचालन
Advertisement

काठमाडौं, १८ चैत । नेकपा एमाले निकट युवा संघ नेपालले देश विभाजनको ऐजेण्डा बोक्ने पृथकवादी सीके राउतलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
संघका अध्यक्ष राजीव पहारीले बुधबार साँझ विज्ञप्ति जारी गरी देशै टुक्र्याएर छाड्छु, आफ्नै आमाको बलात्कार गर्छु, मार्छु र टुक्रा–टुक्रा पार्छु भन्ने देशद्रोहीलाई सरकार, प्रहरी र प्रशासनले वेवास्ता गरेको आरोप लगाउँदै अब युवा संघले नछाड्ने चेतावनी दिएका हुन् ।
उनले भनेका छन्- ‘आज एउटा व्यक्तिले खुलेयाम देश टुक्राउछु भन्दा सरकारको कुनै प्रतिक्रिया आउँदैन । अब हामी युवाहरुले छाड्दैनौं । समातेर कारवाही गर्छाैं ।’
अध्यक्ष पहारीले नेपाललाई टुक्राएर अलग नेपाल देश बनाउँछु भनेको २४ घण्टा वितिसक्दा पनि प्रहरी प्रशासनले राउतलाई पक्राउ नगरेकोमा आक्रोश पोख्दै राउतलाई समात्न काठमाडौंमा युवा परिचालन गरेको बताएका छन् ।
‘जहाँ लुकेको भएपनि खोजेर प्रहरीलाई बुझाउँछौं । यस्ता देशद्रोहीलाई कडा भन्दा कडा सजायँ दिनुपर्छ,’ अध्यक्ष पहारीले भनेका छन् ।
dainiknepal


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.