काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइरालाले डा. बाबुराम भट्टराईको प्रस्ताव अस्वीकार गरेकी छिन् ।
शुक्रबार नयाँ शक्तिका संयोजक डा. बाबुराम आफैले टेलिफोन गरेर क्लिन र ग्रिन काठमाडौं अभियानमा सहभागी भइदिन गरेको प्रस्तावलाई मनिषाले अस्वीकार गरेकी हुन् ।
मनिषा केही दिनदेखि काठमाडौंमा छिन् । बाबुरामले निम्तो दिएपनि शनिबार विहान पशुपति क्षेत्रमा नयाँ शक्तिले सञ्चालन गरेको अभियानमा मनिषा सहभागी भइनन् । नयाँ शक्तिकी सचिवालय सदस्य करिष्मा मानन्धर भने सफाइ गर्न खटिएकी थिइन् ।



0 comments
प्रतिक्रिया दिनुहोस्...