फेसबुक कम्पनीले आफ्नो ‘म्यासेन्जर’ एपमा “गोप्य च्याट” सुविधा पेश गर्ने एक रिपोर्टले जनाएको छ।
यो नयाँ सुविधाको सन्दर्भमा केहि लाइन कोड आइफोन म्यासेन्जर एपमा कतै लुकाएको कम्पनीले खुलासा गरेको छ। साथै फेसबुकले आफ्नो म्यासेन्जर एपलाई ‘खुद्रा व्यापार केन्द्र’ बनाउने योजना पनि गरेको छ, जसको मद्दतले प्रयोगकर्ताहरूले म्यासेन्जर एपबाटै सामान खरीदबिक्री गर्न पाउने कम्पनीले बताएको छ।
त्यो ‘गोप्य च्याट’ मा के हुनेछ अनि कस्तो हुनेछ भन्ने कुरा अझसम्म खुल्न सकेको छैन, तर यो सुविधाले म्यासेन्जरमा गरेको च्याट पूर्णतया गुप्तीकरण हुने र जुन डिभाइसबाट च्याट गरेको हो त्यो बाहेक अन्य डिभाइसबाट हेर्न नमिल्ने जस्तो सङ्केत देखिएको रिपोर्टले जनाएको छ।
यो पनि प्रष्ट छैन कि फेसबुकले म्यासेन्जरलाई कसरी ‘खुद्रा व्यापार केन्द्र’ बनाउने योजना गरिरहेको छ। तथापी थुप्रै समिक्षकहरूले के अनुमान गरेका छन् भने यसको आफ्नै ‘बट’ सिस्टम ले प्रयोगकर्ताहरूसँग कुरा गरेर सामान खरीदबिक्री गर्न मद्दत गर्नेछन्। तर कम्पनीले यसको बारेमा थप केहि खुलासा गरेको छैन।nepaliheadlines



0 comments
प्रतिक्रिया दिनुहोस्...