चैत १८
भक्तपुर – कर्तव्य जान मुद्धामा प्रहरी हिरासतमा रहेका यहाँका दुई व्यक्तिले हिरासतबाटै एसएलसी परीक्षा दिएका छन् ।
लोकन्थलीमा केही दिन अगाडी छुरा प्रहार गरि बिजय लामाको हत्या गरेको आरोपमा महानगरीय प्रहरी वृत थिमीको हिरासतमा रहेको अर्पण राई र निरन मोक्तानले त्यहीबाट एसएलसी दिएका हुन् ।
आज पहिलो दिन अनिवार्य अंग्रेजीतर्फको परीक्षा दिएका उनीहरुले सबै विषयका परीक्षा हिरासतबाट नै दिनेछन् ।
भक्तपुर बोडे स्थित बोडे उच्च माविका विद्यार्थी रहेका राई र मोक्तानको परीक्षा केन्द्र भने लायकुमा रहेको आर्दश उच्च मावि हो ।
तर अदालतबाट म्याद थप भएको र घटाको अनुसन्धान भइरहेकाले प्रहरी हिरासतमा रहेको उनीहरुलाई महानगरीय प्रहरी वृत थिमीमा नै परीक्षा दिने व्यवस्था गरीएको महानगरी प्रहरी परीसर भक्तपुरका प्रवक्ता डिएसपी शेखर खनालले जानकारी दिएका छन् ।
- Ratopati



0 comments
प्रतिक्रिया दिनुहोस्...