-->
विकास निर्माणको काममा सेनाको सहभागिता मुलुककै लागि उपयोगी हुने विज्ञहरुको निष्कर्ष
Advertisement

काठमाडौँ-  संसारका धरैजसो विकसित मुलुकको इतिहास हेर्ने हो  भने उत्पादन, विकासनिर्माण लगायतका काममा उक्त देशका सेनाको भूमिका महत्वपूर्ण देखिन्छ । नेपालमा पनि पछिल्लो समय नेपाली सेनालाई सडक, उद्योग लगायतका विकास निर्माणको काममा सहभागी गराइदै आएको छ । यसरी सेनाले गरेको काम  निर्धारित समयमै सम्पन्न हुने र  पारदर्शी हुने गरेको भन्दै नेपाली सेनाको प्रशंसा समेत हुँदै आएको छ । तर नेपाली सेनालाई उत्पादन लगायत विकास निर्माणका काममा सहभागी गराउने या नगराउने कुरा वहसको विषय भने बन्दै आएको छ ।

कुनै पनि राष्ट्रमाथि वाह्य हस्तक्षेप, सीमामिच्ने,राष्ट्रिय अखण्डतामा आँच आउने लगायतका हर्कतहरु विद्रोही राष्ट्र अथवा संगठित संस्थाहरुवाट भए भने त्यहाँ सेना परिचालन गरिन्छ । सेना देशको आन्तरिक अवस्था जटिल वन्दै गएपछि समेत परिचालन हुने गर्दछन । नेपालमा पनि १० वर्षे माओवादी शसस्त्र विद्रोहका क्रममा सेना परिचालन भएको थियो । माओवादी शसस्त्र विद्रोहका वेला नेपाली सेनाको संख्या समेत वढाइएको थियो । देश संक्रमणकालवाट विस्तारै शान्ति तर्फ उन्मुख हुँदै गर्दा नेपाली सेनाको संख्या वढि भयो र उनीहरुको संख्या घटाउनुपर्ने आवाजहरु उठन थालेको छन । तर सुरक्षा विज्ञ दिपक भट्ट भने संक्रमणकालमा कुनै पनि देशमा सेनाको संख्या वढि नै हुनेगरेको जिकिर गर्नुहुन्छ । त्यस्तै उहाँले संक्रमण कालका वाँकी कामहरुलाई व्यवस्थापन गर्न समेत सेनाको सहयोग उपयोगी हुनसक्ने स्पष्ट पार्नुभयो ।

मुल्ुक शान्ति प्रक्रियामा जाँदै गर्दा सेनालाई विकास निर्माणका काममा लगाउनु सामान्य भएको सुरक्षा विज्ञ भट्टको जिकिर छ । देशको अर्थतन्त्रमा फाइदा हुने उत्पादन मुलक, विकास निर्माणका काममा नेपाली सेनालाई उपयोग गरी देशलाई समृद्धितर्फ लैजान सकिने उहाँले स्पष्ट पार्नुभयो । साथै सुरक्षा विज्ञ भट्टले यसरी सेनालाई विकास निर्माणका काममा उपयोग गर्दा उनीहरुको सुपरिवेक्षण, नियन्त्रण भने व्यवस्थापिका संसदले गर्नुपर्ने सुझाव दिनुहुन्छ ।

नेपाली सेनाले गरेको  विकास निर्माणका कामको इतिहास हेर्ने हो भने विवाद रहित रहेको देखिन्छ । सामान्यतया विकास निर्माणका काममा सुरुवाती ठेकापट्टादेखि काम सम्पन्न गर्ने वेलासम्म नै कुनै न कुनै रुपमा अवरोध भइरहेको हुन्छन । तर नेपाली सेनाले त्यस्ता कामको जिम्मेवारी लिदा भ्रष्ट्राचार लगायतका अनियमितता नहुने र एकदमै पारदर्शी हुने गरेको तथ्य जगजाहेर छ । नेपाली सेनाको काममा ठेकापट्टा,स्थानीयको अवरोध, राजनीतिक दवाव लगायतका स्वार्थ समूह त्यती हावी हुन नसक्दा समयमै काम सम्पन्न र गुणस्तरिय समेत हुने गरेको छ ।

यसरी नेपाली सेनाले गरेको कामप्रति नेपाली जनताको विश्वास वढदै जानु र सेनाको समेत विकास निर्माण लगायत उत्पादन मुलक काममा चासो वढनु स्वभाविक हो । नेपाली सेनाको काममा स्थानीय जनता, राजनीतिक दल, विभिन्न स्वार्थ समूहको अवरोध नहुनु त्यसको त्यसको प्रमाणको रुपमा लिन सकिन्छ । प्राय विकास निर्माणको काममा सहभागि हुनुपर्ने नेपाली  युवा जनशक्ति रोजगारीको लागि विदेश पलायन भएको अवस्था छ नेपालमा ।  नेपालजस्तो विकासन्मोख देशले नेपाली सेनाजस्तो विशाल संगठनलाई देश विकासमा सहभागि गराई आर्थिक रुपमा सवल वन्न सक्ने प्रशस्तै आधार रहेका छन ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.