८ चैत, काठमाडौं ।
चीनले नेपालसँग इन्धन सम्झौता गर्न तयार रहेको बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खच्याङले आफूहरु इन्धन सम्झौताका लागि तयार रहेको बताएका हुन् ।
नेपाल र चीनको संयुक्त बक्तब्यमा इन्धन सम्झौताबारे पनि कुरा उल्लेख हुन सक्ने भ्रमण टोलीमा सहभागी एक अधिकारीले बताएका छन् ।
भारतले नाकाबन्दी गरेपछि चीनसंग इन्धन सम्झौता गर्नुपर्ने माग जोडदार रुपमा उठे पनि प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा बहुप्रतिक्षित इन्धन सम्झौता हुन सकेको छैन ।
इन्धन सम्झौतालाई निकै आशा र अपेक्षाको साथ हेरिएको थियो । चीन भ्रमणको क्रममा पारवहन सहित १० वटा सम्झौता भएपनि इन्धन सम्झौता समेटिएन ।
महेन्द्र र विरेन्द्रले प्रयास गरेको सम्झौता ओलीको पालामा
चीनले दिएको सबैभन्दा ठूलो उपहारः अव भारतीय नाकान्दीमा समेत असर नपर्ने
नाकाबन्दीको चर्को पीडा बेहोरेका आम नागरिकले चीनसंग हुने इन्धन सम्झौतालाई प्रमुख आवश्यकता ठानेका थिए । तर चीन भ्रमणको दुई दिन अघि भारतीय विदेश मन्त्री सुष्मा स्वराजल र भारतीय विदेश सचिव जय जयशकंरले ओलीलाई भेट गरेपछि महिनौं अघिदेखि सम्झौताको उच्च प्राथमिकतामा रहेको इन्धन सम्झौताको बुँदा हटाइएको स्रोत बताउंछ ।
ओलीको चीन भ्रमणः भारत भ्रमण भन्दा एक कदम अगाडी
इन्धन सम्झौता नहुने भएपछि भ्रमण दलमा रहेका आपूर्ति मन्त्री गणेशमान पुनको नाम पनि थाहा नै नदिइ हटाइएको थियो । भ्रमण दलमा असम्बन्धि व्यक्ति समेटिए पनि आपूर्ति मन्त्री पुनलाई हटाइएको थियो । पुनलाई हटाइएसंगै इन्धन सम्झौताको बुँदा पनि भारतको दबाबमा हटाइएको स्रोतको दावी छ ।
यद्यपी आपुर्तिमन्त्री गणेशमान पुनले भने चीनसँग इन्धन सम्झौता गरेरै छोड्ने बताएका छन् । उनले आफूलाई इन्धन सम्झौता गर्नबाट कसैले पनि रोक्न नसक्ने र सम्झौता गरेरै छोड्ने प्रतिबद्धता जनाइसकेका छन् ।
Nepaliheadlines.com बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...