-->
माओवादी एकीकरणबारे बादलको फरक प्रस्ताव
Advertisement

काठमाडौं: एकीकृत माओवादीबाट विभिन्न समयमा विभाजित माओवादीहरुबीच पुन: एकीकरण हुनुपर्ने मूल मान्यताअनुसार नेकपा क्रान्तिकारी माओवादीको बैठकमा प्रस्तुत प्रस्तावमा महासचिव रामबहादुर थापा बादलले पुरक प्रस्ताव प्रस्तुत गरेका छन् ।

अध्यक्ष मोहन वैद्यसँगै आफूले पनि प्रस्तुत गरेको मूल प्रस्तावमा बादलले फरक प्रस्ताव राखेका हुन् । पाँच माओवादीबीचको एकता प्रस्ताव अनुसार एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मणि थापा, नेकपा माओवादीका अध्यक्ष मातृका यादव र अर्को नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्दबीचको एकतामा समान धारणा रहेको छ । 

सचिवालय सदस्य कुलबहादुर केसी (सोनाम) को पनि माओवादीहरुबीचको एकतामा फरक मत रहेको स्रोतले बतायो । जनयूद्ध र लोकतान्त्रिक आन्दोलनको मर्म र भावनालाई जनताबीच लग्न पनि विभाजित माओवादीहरु पुन एक हुनै पर्नेमा प्रतिवेदनमा जोड दिइएको छ ।

क्रान्तिकारी माओवादीका नेता रामदीप आचार्यले अन्नपूर्ण अनलाइनसँगको कुराकानीमा वैद्यको राजनीतिक प्रस्तावले नयाँ जनवादका साथ पार्टी एकीकरणलाई जोड दिएको छ भने बादलले नयाँ आधारमा नयाँ एकताको श्लेषण भन्नेमा जोड दिएको जानकारी दिए । 

दुबै पक्षका अधिकांश केन्द्रीय सदस्यहरुले विभिन्न समयमा विभिन्न कारणले विभाजित माओवादीबीचको एकता नै आजको अपरिहार्यता भन्ने भावनाका साथ बैठकमा सहभागी भएको आचार्यले बताए । 

अध्यक्षको राजनीतिक प्रतिवेदन र महासचिबको पुरक प्रस्तावमाथि केन्द्रीय सदस्यहरुले शनिबारदेखि आ-आफ्नो धारणा राख्ने जानकारी उनले दिए ।

वैठकमा सहभागीहरुको भावना अनुसार संगठनको नेतृत्वका सवालमा हाल जो जे छ, त्यही हुने, पहिलेकै स्वरुपमा जाने र दाहाल संयोजक रहेको एकता सम्मेलन आयोजक समिति गठन गर्ने रहेको स्रोतले बतायो ।

स्थायी समितिका एक सदस्यले अध्यक्ष वैद्यले नयाँ जनवादका साथ पार्टी एकतामा लागौं भन्दै ६ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका बताए । 

वैद्यको प्रतिवेदनमा एमाओवादीले भनेझैँ समाजवादी क्रान्तिको तयारी गर्नुपर्ने एजेण्डामा तत्कालै जान नसक्ने भन्दै वैद्यले पहिला नयाँ जनवादमा जानुपर्नेमा जोड दिएका छन् । 

महासचिब वादलले आफ्नो सुझावका रुपमा चार पृष्ठको पार्टी एकताको सैद्धान्तिक राजनीतिक तथा सांगठनिक आधारहरुसहितको पुरक प्रस्ताव पेश गरेका छन् । उनले भने,‘बादलको प्रस्तावमा पहिले माओवादी शक्तिहरुबीचको पार्टी एकता त्यसपछि मात्रै अन्य विधि र प्रक्रियाले पार्टी निर्माणमा लाग्नु पर्ने रहेको छ ।’


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.