काठमाडौं, १४ चैत । पछिल्लो समय हिन्दू राज्यबारे हरेक नेताहरुको धारणा आइरहेका बेला नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि मुख खोलेका छन् ।
कांग्रेस नेता खुमबहादुर, राप्रपा नेपालका अध्यक्ष कमल थापादेखि एमाओवादी नेता एवं गृहमन्त्री शक्ति बस्नेतसम्मले नेपाललाई हिन्दू राज्य बनाउन सकिने तर्क गरिरहेका बेला बाबुरामले पनि यस्तै आशय व्यक्त गरेका हुन् ।
नयाँ शक्ति नेपाल शाखा पर्साले शनिबार वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बाबुरामले नेपाल अझै पनि हन्दू राज्य बन्न सक्ने बताए ।
उनले भने– लोकतन्त्रको मेरुदन्ड नै धर्मनिरपेक्षता भएकाले नै आफूहरुले धर्मनिरपेक्षतासहितको संविधान बनाएको तर नेपालको संविधान परिवर्तनशिल भएकाले जनताले चाँहेमा अझैपनि मुलुक हिन्दू राज्य हुनसक्छ ।’
उनले राष्ट्रलाई धर्मनिरपेक्षत बनाउँदा जनताको अभिमत नलिएको समेत स्वीकारे । उनको यस्तो भनाईले सबैलाई आश्चर्यचकित बनाइदिएको छ ।
यसअघि दोस्रोमा सबैभन्दा बढी ल्याएर १३ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित खुमबहादुर खड्काले हिन्दू राष्ट्रका आफ्नो एजेण्डा हो भन्दै पार्टीमा पनि यो विषय उठाउने बताएका थिए ।
उनले जनताको अभिमतका आधारमा संविधान संशोधन नेपाल हिन्दू राष्ट्र हुने घोषणा गरेका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...