-->
एउटै कुकुरको मूल्य १ करोड ६० लाख
Advertisement

भारतका एक कुकुर प्रेमीले करिब १ करोड ६० लाख रुपैयाँ तिरेर एक विशेष जातको कुकुर किनेका छन्।
बैङलोर निवासी सतीश एस नामका व्यक्तिले कोरियन डोसा म्यास्टिफ जातको कुकुर चीनबाट मगाएका हुन्।
उनले एउटा छाउरो र छाउरी मगाएका हुन्। उनले प्रति कुकुर १ करोड ६० लाख रुपैयाँ मूल्य तिरेको जनाइएको छ। यी कुकुरको हेरचाहमा मासिक करिब ४० देखि ८० हजार रुपैयाँ खर्च हुने पनि बताइएको छ।
कुकुरका शौखिन सतीशसँग विभिन्न जातका १ सय ५० कुकुर छन्।
Setopati बाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.