काठमाडौं, १७ चैत । ‘रेड एरिया’को रुपमा चिनिएको राजधानीको पर्यकीय सहर ठमेलमा भोजनालयमै यौनधन्दा हुने गरेको खुलासा भएको छ ।
यसको खुलासा प्रहरीले गरेको छ । बुधबार राति अचानक प्रहरी त्यहाँको एक भोजनालयमा पुग्दा यौनधन्दामा संलग्नलाई रंगेहात फेला पारेको हो ।
ठमेलस्थित क्षेत्रपार्टी भोजनालयबाट वेश्यावृत्ति गराइरहेको अवस्थामा सञ्चालक जनक थापासहित ८ जना प्रहरीको फन्दामा परेका हुन् ।
महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सोमोन्द्र राठौरका अनुसार सञ्चालक थापासहित यौनकार्यमा संलग्न भएको अवस्थामा सुमित्रा थापा, अनु भण्डारी र ज्योति थापा र ग्राहकहरु रामशरण थापा, राजु थापा, रामचन्द्र, भुपेन्द्रलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका सबैजनालाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...