»
पानि बराबारको स्थितिमा रहेको प्रचण्ड र बाबुराम यसरी जम्काभेट भए पछि
पानि बराबारको स्थितिमा रहेको प्रचण्ड र बाबुराम यसरी जम्काभेट भए पछि
Advertisement
|
|
कुनै बेला एउटै लुगा, एउटै हेयरस्टाइल र एउटै बसाइ भएका नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई अहिले फरक फरक पार्टीमा छन्, वा भनौँ आआफ्नो बाटोमा छन्। एमाओवादीलाई भत्किएको घर भन्दै नयाँ शक्ति गठनमा लागेपछि प्रचण्ड र भट्टराईबीच लामो समयदेखि भेट समेत भएको थिएन। यतिसम्म कि केही समयअघि बाबुराम प्रचण्डलाई लडाकु प्रकरणमा घोटाला गरेको आरोप लगाइरहेका थिए भने प्रचण्ड भट्टराईमाथि राष्ट्रद्रोहीको आरोप।
उनीहरु शनिबार एउटा शोकको घडीमा भेटिए। सहिद पिता बाबुराम अधिकारीको श्रद्धाञ्जलि कार्यक्रममा। प्रचण्ड र बाबुराम सँगै अन्य नेता उक्त श्रद्धाञ्जलि सभामा सहभागी भए । र, प्रचण्ड बाबुरामले एकअर्कासँग हात मिलाए। उक्त भेटमा दुई नेताबीच कुराकानी भने नभएको प्रचण्डको सचिवालयले जानकारी दियो।
Advertisement
|
|
Labels:
0 comments
प्रतिक्रिया दिनुहोस्...