-->
प्रधानसेनापति आज चीन जाँदै
Advertisement

१४ चैत, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षेत्री आज चीनको साताव्यापी भ्रमणमा निस्कँदै छन् ।
चिनियाँ जनमुक्ति सेनाका ‘चिफ अफ जनरल स्टाफ’ फाङ फेङघुईको निमन्त्रणामा प्रधानसेनापति क्षेत्री त्यसतर्फ जान लागेका हुन् । भ्रमण टोलीमा प्रधानसेनापतिसँगै उनकी धर्मपत्नी रीता क्षेत्री, व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा, अंगरक्षकलगायत ८ जना सहभागी हुनेछन् ।
चैत २० सम्म हुने भ्रमणका क्रममा प्रधानसेनापतिले चिनियाँ जनमुक्ति सेनाका विभिन्न युनिट अवलोकन तथा उच्चस्तरीय भेटवार्ता गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । प्रधानसेनापति भएपछि क्षेत्रीले गर्न लागेको चीन भ्रमण पहिलोपटक हो । यसअघि उनले भारत भ्रमण गरेका थिए ।
उनीअघिका प्रधानसेनापतिहरु छत्रमानसिंह गुरुङ र गौरवशमशेर राणाको भ्रमणमा चीनले १ अर्ब रुपैयाबराबरका स्वास्थ्य उपकरण सेनालाई सहयोगगरेको थियो ।
अनलाइनखबरबाट


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.