-->
२६ वर्षपछि ह्यारीसँगको भेट..
Advertisement

32733BD900000578-3503947-image-m-150_1458650184590काठमाडौं – अवकास प्राप्त ब्रिटिस गोर्खाका मेजर विष्णुकुमार पुनले बेलायती राजकुमार ह्यारीलाई २६ वर्षअघि बेलायतमा भेटेका थिए । विल्थीसायरको साल्सबरी प्लेनमा भएको भेटमा त्यतिबेला ह्यारी मात्र ६ वर्ष थिए । ह्यारी आफ्ना पिता चाल्र्ससँग पुगेका थिए । त्यतिबेला पुन र ह्यारीको तस्विर निकै चर्चित बनेको थियो ।
मंगलबार पोखराको गोर्खा क्याम्प पुगेका ह्यारी र ५७ वर्षीय पुनबीच पुनः भेट भयो । पुनले २६ वर्षअघिको तस्विर देखाउँदै राजकुमारसँग केही बेर ठट्यौली गरेका थिए । उनले राजकुमार ह्यारीलाई भने, ‘यो हो त्यो फोटो । त्यहाँ म युवा र ह्याण्डसम थिएँ । तपाईंको पनि त्यतिबेला दाह्री थिएन ।’ पुनको कुरा सुनेर ह्यारी पनि मज्जाले हाँसे ।

3273A12C00000578-3503947-Major_Pun_who_lives_in_the_UK_and_works_for_the_Gurkha_Welfare_T-m-154_1458650308186
ह्यारीसँगको भेटपछि उनले भने, ‘२६ वर्षअघि राजकुमार ह्यारी र मेरो भेट भएको थियो । त्यतिबेला वेल्सका राजकुमार हाम्रो सेकेण्ड गोर्खा रेजिमेन्टको चिफ कर्णेल थिए ।’
त्यतिबेलाको भेट सम्झँदै उनले थपे, ‘हामी साल्सबरी प्लेनमा तैनाथ थियौं । हाम्रो ट्रेनिङको अन्तिम दिन युवराज चाल्र्स आउनु भएको थियो । राजकुमार ह्यारीलाई पनि मिलिटरी र ट्यांक लगायतमा रुची भएको हुँदा उनको पिताले सँगै ल्याएका थिए ।’
‘सो दिन राजकुमार ह्यारीमाथि निगरानी राख्ने जिम्मा मेरो थियो । सो दिन हाम्रो रेजिमेन्टले उनको लागि सानो खुकुरी, युनिफर्म र लठ्ठी तयार गरेको थियो । त्यतिबेला निकै रमाइलो भएको थियो,’ पुनले डेली मेलसँग कुरा गर्दै भनेका छन् ।
मेजर पुन हाल बेलायतमा बस्छन् र गोर्खा वेलफेयर ट्रस्टमा काम गर्छन् ।
मंगलबार ह्यारी औपचारिक सैन्य पोसाकमा गोर्खा सैनिकको क्याम्पमा पुगेका थिए । त्यहाँ उनले गोर्खा सैनिकका परिवारसँग भलाकुसारी गर्नका साथै औपचारिक कार्यक्रममा सरिक भएका थिए ।
सन् १९९३ मा उनकी आमा डायना आउँदा काठमाडौंमा रहेको ब्रिटिस गोर्खा क्याम्पमा बृक्षारोपण गरेकी थिइन् । ह्यारीले पनि त्यसकै झल्को दिने गरी पोखरामा बृक्षरोपण गरे ।

32733BD100000578-3503947-image-a-153_1458650264011



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.