-->
प्रधानमन्त्री ओलीले फेरि भारतको नाम लिएर चीनमा किन यस्तो बोले ?
Advertisement

काठमाडौं, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले चीनसँग आपतकालीन इन्धन सम्झौता गर्नुपर्ने संकट नरहेको बताएका छन् ।
केही तयारी पूरा भएपछि भने इन्धन व्यापार सम्झौता हुने उनले बताए । तत्कालै इन्धन सम्झौतामा हस्ताक्षर नहुने उनले स्पष्ट पारे ।
चीन भ्रमणको तेस्रो दिन मंगलबार बेइजिङमा गरिएको कुराकानीमा निकै खुसी देखिएका ओलीसँग ‘चीनसँग इन्धन सम्झौता नगरि नागरिकको अपेक्षा पुरा गर्न सक्नुभएन नि ?’ भन्ने प्रश्नमा ओलीले भने ‘ नेपालले अहिले (चीनसँग) आपतकालीन इन्धा सम्झौता गर्नुपर्ने अवस्था छैन । हिजो संकट थियो, अहिले त्यति संकट छैन, त्यसैले धेरै हतार पनि छैन ।’
‘इन्धन सम्झौताका लागि केही कुरा निष्कर्षमा पुर्याउनुपर्ने हुन्छ, हामीले व्यापार सम्झौताको तयारी गर्ने भनेको छौ, त्यसभित्र अनेक चिजहरु गर्छौं र इन्धन पनि संसारका जुनसुकै देशबाट ल्याउन सक्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘पारवाहनका लागि भारत र चीन दुबै देशका बन्दरगाह प्रयोग गर्न सक्छौँ, स्वतन्त्र राष्ट्रका हैसियतले भारतसँग पनि र चीनसँग पनि संम्झौता गर्न सक्छौँ ।’ नागरिक दैनिकमा खबर छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.