केही दिनअघि भारतीय सञ्चारमाध्यममा आएको समाचारअनुसार बलिउड अभिनेत्री सन्नी लियोनी होली मनाउन गुजरात पुगेकी थिइन्। त्यहाँ एक व्यक्ति आफू पत्रकार भएको दाबी गर्दै आए र सन्नीसँग विगतका कुरा जोड्दै प्रश्न गर्न थाले। ती पत्रकारले सन्नीसँग ‘रात्री कार्यक्रमको शुल्क’ कति हो भनेर सोध्दा सन्नीले झापड लगाइन्।
तर उनका पति ड्यानियल वेबरले यस समाचारको खण्डन गरेका छन्। एक भारतीय समाचार अनलाइनसँग कुरा गर्दै उनले सन्नीसँग कसैले रात्री कार्यक्रमको शुल्क पनि नसोधेको र सन्नीले कसैलाई नकुटेको बताएका छन्। त्यस्तै उनले सन्नीले अाफुसँग अब गुजरात अाउँदा हजारपटक साेच्ने कुरा पनि गलत भएकाे बताएका छन्।
उनले भने,म यी समाचार पढेर हैरान छु। उनी कसैसँग नराम्रो गर्न चाहँदिनन् र कसैसँग रिसइबी पनि साँध्दिनन्। मलाई विश्वास छ मेरी पत्नी कसैलाई औंला पनि उठाउँदिनन्।’
त्यसो त सन्नीले पनि एक भारतीय वेबसाइटलाई ट्याग गर्दै यस्तो खबरलाई हाँसोमा उँडाउँदै लेखेकी छिन्,‘हाहाहा..कस्तो झुठ!’



0 comments
प्रतिक्रिया दिनुहोस्...