पाकिस्तान, पाकिस्तान प्रशासित काश्मिरमा भारी वर्षा र पहिरोका कारण १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् ।
भारी वर्षापछि आएको बाढी र पहिरोका कारण धेरै घर भत्किएका र उक्त भग्नावशेषमा अरू धेरै मानिससमेत परेको आशङ्का गरिएको छ ।
बाढीका कारण मुजफ्फरबाद, बाग, अब्बासपुर, हबेली र कोटली क्षेत्रमा शुक्रबार व्यापक क्षति भएको र मृतक सबै सोही क्षेत्रका भएको स्थानीय प्रहरीले बताएको छ । बाढीका कारण हजारौँ मानिस विस्थापित भएको बताइएको छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...