१३ चैत, नेपालगञ्ज । भारतबाट विष्फोटक पदार्थ लिएर नेपाल आउदै गरेका नेपाली युवक भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी रुपैडिहाले नियन्त्रणमा लिएको छ ।
कालिकोट सभासाह-१ का दिपेन्द्र राज हमाल नेपाल प्रवेशको क्रममा चेकजाँचको बेलामा उनको झोलाबाट २१ थान डिटोनेटर, ३७.५ फुट फयूज वायर, १ किलो १ सय २५ ग्राम विस्फोटक क्लास २ र दुई हजार रुपैया बरामद भएको हो ।
भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबी रुपैडिहाका उपसेना नायक विपीन शर्माले रुपैडिहा बोर्डरमा विषेश तालिम प्राप्त कुकुरको प्रयोग गरी भारत प्रवेश गर्ने र भारतबाट नेपाल जाने यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा सो सफलता प्राप्त भएको जानकारी दिएका छन् । सबै विस्फोटक सामाग्री प्रहरीले नियन्त्रणमा लिएको छ ।
हमाललार्इ भारतबाट शनिबार दिउँसो नेपाली समय अनुसार सवा १२ बजे नेपाल प्रवेश गर्ने क्रममा ५९ औं बटालियनको फैजी नामक विष्फोटक सम्बन्धी विषेश तालिम प्राप्त कुकुरसहित श्याम प्रकाश सिंहले उनलाई पक्राउ गरेका हुन् ।
हमाल भारतीय प्रहरीको हिरासतमा रहेको र उनीमाथि अनुसन्धान भईरहेको भारतीय प्रहरीले जनाएको छ ।
अनलाइनखबरबाट



0 comments
प्रतिक्रिया दिनुहोस्...