-->
वेश्यावृत्तिमा संलग्न ठमेलबाट रंगेहात समातिए;
Advertisement

काठमाडौंः ठमेलको एक होटलबाट वेश्यावृत्तिमा संलग्नहरुलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ ।   

ठमेलस्थित क्षेत्रपार्टी भोजनालयबाट वेश्यावृत्ति गराइरहेको अवस्थामा सञ्चालक जनक थापासहितलाई प्रहरीले बुधबार बेलुका पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले सञ्चालक थापासहित यौनकार्यमा संलग्न भएको अवस्थामा सुमित्रा थापा, अनु भण्डारी र ज्योति थापालाई पनि पक्राउ गरेको हो । 

उनीहरुसँगै यौनकार्यमा संलग्न भएको अवस्थामा रामशरण थापा, राजु थापा, रामचन्द्र, भुपेन्द्र नाम गरेका युवालाई पनि पक्राउ गरिएको वृत्तका प्रमुख डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । 

पक्राउ परेका सबैजनालाई वृत्तको हिरासतमा राखेर आवश्यक कारबाही अघि बढाइएको राठौरले जानकारी दिए ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.