-->
'राजश्वको प्रमुख हूँ' भन्दै लाखौंको ठगी गर्ने पक्राउ
Advertisement

पर्सा प्रहरीले लाखौं ठगी गरेको आरोपमा  दुइ व्यक्तिलाई  पक्राउ गरेको छ।

राजश्व अनुसन्धान विभाग पथलैयाको सहायक कार्यालय प्रमुख बनी ठगी गर्ने शैलेन्द्र कुमार सिहंलाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो।

सिराहाको कल्याणपुर-९ घर भई वीरगन्ज-१० मा बस्दै आएका सिहंले लीलामीको गाडि सस्तोमा मिलाइ दिने आश्वासन दिएर मोहन कुमार साहसँग २ लाख ५० हजार रुपैंया ठगी गरेको  आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। धनुषाको जनकपुर -१४ घर भएका साह वीरगन्ज १५ मा बस्दै आएका छन्।

सिंहका सहयोगीका रुपमा ठगीमा संलग्न पर्सा पर्सौनीभाठा-२ का २२ बर्षीय सतिस कुमार कलवारलाई पनि प्रहरीले पक्राउ गरेको छ।  

उनीहरूले पतंजली योग पिठको म्यानेजर भएको बहाना गरी जागिर लगाउने प्रलोभन देखाएर विभिन्न व्यक्तिसँग  ४ लाख ५० हजार रुपैंया पनि ठगी गरेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।

प्रहरी उपरिक श्रेष्ठले भने 'यीनीहरुले पेशेवर ठगको रुपमा धेरैलाई फसाएको उजुरी आएका छन् ,दुवैको बिरोधमा उजुरी आउने क्रम जारी छ र सबैको बारेमा अनुसन्धान भइरहेको छ।'

पक्राउ परेका दुवैलाई ठगी मुद्दामा पर्सा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अगाडि बढाइएको  जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.