-->
नेता नेपालले गरे यस्तो खुलासा ‘मैले फोनमा बाबुरामलाई नमार्न भनेपछि युद्धका बेला प्रचण्डले चिया पकाउने काममा लगाएका थिए’
Advertisement

लिबाङ, १० चैत । दशक लामो जनयुद्धका बेला पुर्व प्रधानमन्त्री , पुर्व एमाओवादी नेता डा बाबुराम भट्टराईले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चिया पकाउने काम गरेको खुलासा भएइको छ ।
रोल्पाको सदरमुकाम लिबाङमा आयोजित जिल्ला कार्यकर्ता भेलामा एमाले नेता माधव कुमार नेपालले यस्तो खुलासा गरेका हुन् । नेता नेपालले बाबुराम भट्टराईलाई कारबाही गरी श्रमशिविरमा राखेका बेला तत्काल माओवादीका अध्यक्ष दाहाललाई आफूले फोन गरेको समेत खुलासा गरे ।
उनले भने‘ ‘मैले दाहालजीलाई फोन गरेर नेता भट्टराईलाई बन्धक वनाएका बेला कसैले मारिदेला, तपाईंहरुले पनि नमार्नुहोला भनेको थिएँ’, नेता नेपालले भने, ‘त्यसबेला दाहालले मैले बाबुरामलाई आफ्नै चिया पकाउने जिम्मामा राखेको छु फरक पर्दैन भनेका थिए ।’
युद्धका बेला माओवादी गलत बाटोमा रहेपनि अहिले सुध्रदै गएको उनले दाबी गरे । उनले भने ‘बाबुरामले कम्यूनिष्ट नै त्यागेर नयाँ शक्ति भन्दैछन । उनले भनेको नयाँ होइन, पुरानो रक्सी नयाँ बोत्तलमा राखे जस्तै हो’, नेता नेपालले ब्यंग्य गरे, ‘थोत्रिएको अनुहारमा डेन्टिङपेन्टिङ गरे जस्तै हो, नयाँ शक्ति ।’
नेता नेपालले सोही कार्यक्रममा नेपालको आन्तरिक मामलामा छिमेकीले टाउको नदुखाउन आग्रह गरे । ‘नेकपा एमालेले दुवै छिमेकी देश चीन र भारतसँग सुमधुर सम्बन्ध वनाउन चाहन्छ । हामीले कसैसँग शत्रुता मोल्नु छैन । कसैलाई शत्रु बनाउनु छैन । सबैसँग मिलेर जान चाहन्छौं’, नेता नेपालले भने, ‘नेपालको आन्तरिक मामिला हल गर्नेमा छिमेकीले टाउको नदुखाऔं । नेपाली नेपाल सञ्चालन गर्न सक्षम छौं ।’
उनले एमालेको सचेत पहलबाट माओवादीलाई प्रतिस्पर्धाको राजनीतिमा ल्याएको दावी गरे । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल रहेको रोल्पाको लोसेबाङमा नेता बामदेव गौतम र युवराज ज्ञवालीलाई पठाएर ६ बुँदे सम्झौता गरेको स्मरण गरे ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.