तेल भन्दा झनै चिप्लो बनेर निस्किए खाने तेलका व्यापारीहरु , कालोबजारी गरेर उपभोक्ता ठगेपनि कानूनको समाउन सकेन चिप्ला व्यापारीहरुलाई तेल चिप्लो नै हुन्छ तर नेपालमा भने तेल भन्दा चिप्लो बनेर तेल व्यापारी निस्किएका छन् । उनीहरु न कानूनको फन्दामा पर्छन नत कुनै अपराधमा नै समातिन्छन । चिप्लो भएकै कारण होला जति मूल्य बढाएपनि , जति कालोबजारी गरेपनि तेल व्यापारीलाई समाउन कसैले सक्दैन ।
नेपाली बजारमा सनफ्लावर तेलको अभाव भएको छ । तेलको अभावको मौका छोपी केही ठूला व्यवसायीले कृतिम अभाव गराई कालोबजारी गरेको होलसेलर व्यापारीहरुको जिकिर छ । बजारमा भएको खानेतेल पनि भारतले पून नाकाबन्दी गर्छ भन्ने बजारमा हल्ला भएकोले त्यसको मौकामा ठुला व्यवसायीले चर्को मुल्य असुल्दै आएको होलसेलर व्यपारीहरुलहरुले बताएका छन् ।
खुद्रा व्यापार सघका अध्यक्ष पबित्र बज्रर्चाय तेल बाहिरबाट महंगो बनेर नआएको प्रष्ट पार्नु हुन्छ । उहाँले ठूला व्यापारीहरुसग मौज्द्धात कमी भएपछि केही व्यापारीले मनोमानी रुपमा मुल्य असुल्न थालेको बताउनु भयो । अहिले मुल्य बढ्नुको कारण केही पनि नभएको बताउदै उहाँले सनफ्लावर तेलको मुल्य होलसेलमै प्रतिलिटर १२ रुपैयाले बढेको बताउनु भयो । यसअघि प्रतिलिटर १ सय ३५ रुपैयामा बिक्री भएको तेल अहिले १ सय ४५ मा बिक्री भइरहेको छ ।
बजारमा खाद्यन्नको मुल्य बढेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका गुनासोसगै उजुरी पनि परेको छ । विभागमा सनफ्लावर र मनसुली चामलको मुल्य बढेको गुनासो र उजुरी छ । गुनासो बढेपछि बिभागले पनि मुल्य वृद्धिको कारण जानकारी गराउन ठूला व्यापारीलाई पत्राचार गरेको विभागका महानिर्देशक गोकुल प्रसाद घितालले जानकारी दिनुभयो ।
यता, उपभोक्तावादीले भने बजारमा लुटतन्त्र जारी रहेपनि विभागले अनुगमनमा कुनै चासो नदेखाएको आरोप लगाउनु भयो । उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधव तिमिल्सेनाले नाकाबन्दी पश्चात बजारमा सर्वत्र लुटतन्त्र हावी भएको बताउनु हुन्छ । यो सरकारको लाचारीपन रहेको उहाँको निष्कर्ष छ ।
अहिले आम उपभोक्ता पूरानो मूल्य अनुमान गरेर बजार जान छाडेका छन् । किनभने हिजोको मूल्य आज हुँदैन आजको मूल्यमा भोलि पाइन्न । खाने तेल यस्को पछिल्लो उदाहरण बनेको छ । जति सक्छन उति उठाउछन् व्यापारी , जति माग्छन उति र्तिन बाध्य छन् निरीह उपभोक्ताहरु ।news24nepaltv



0 comments
प्रतिक्रिया दिनुहोस्...