-->
प्रचण्डलाई मधेसमा नो इन्ट्री ! मधेसी मोर्चाका कार्यकर्ताको चेतावनी
Advertisement

मधेसी दलका युवाहरुले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मधेसमा नछिर्न चेतावनी दिएका छन्। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
वीरगन्ज व्यापार महोत्सवको उद्घाटन प्रचण्डले शुक्रवार गर्ने कार्यक्रम राखिएपछि मधेस केन्द्रीत दलका युवाहरुको संघीय समावेशी मधेसी युवा गठबन्धनले प्रचण्डलाई मधेस छिर्न नदिने उर्दी जारी गरेको हो।
महोत्सव उद्घाटन गर्न एमाओवादी अध्यक्ष प्रचण्ड शुक्रवार वीरगन्ज आउने कार्यक्रम सार्वजनिक भएपछि मधेसी दलका युवाले बिहीवार वीरगन्जको घन्टाघर चोकमा प्रदर्शन गर्दै मधेसमा नछिर्न उर्दी जारी गरेका हुन्।
उनीहरुले बिहीवार दिउँसो घन्टाघर चोकमा प्रचण्डको पुतलासमेत जलाएका छन्।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.