-->
चीनले नेपालमा पेट्रोलियम खानीको अध्ययन गर्ने
Advertisement

काठमाडौं । नेपाल र चीनबीच तेलसम्वन्धी सम्झौता हुन नसकेपनि तेल र ग्यासको उत्खनन् अन्भेषणसम्बन्धी समझदारी भएको छ ।
बेइजिङमा सोमबार सम्पन्न दुईदेशबीचको समझदारी अनुसार अव चीनले नेपालमा पेट्रोल र ग्यासको खानी अन्भेषण तथा उत्खनन्का लागि प्राविधिक सहयोग गर्नेछ ।
नेपालको विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भावना रहेको भनिएपनि अहिलेसम्म उत्खनन् गरिएको छैन ।
चीनले सहयोग गर्ने भएपछि पेट्रोल र ग्यासको उत्खनन्मा उल्लेख्य प्रगति हुने अपेक्षा गरिएको छ । नेपाल र चीनबीचको यस सहमतिले तत्कालका लागि प्रभाव नपरेपनि दीर्घकालमा फाइदाजनक हुनेछ ।
अनलाइनखबरबाट



Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.