एजेन्सी।
चीनमा ‘बेबी सुप’ पछि सेक्स पावर बढाउनका लागि अब बाघको हड्डीलाई उमालेर रक्सी बनाउने गरेको सनसनीपूर्ण समाचार सार्वजनिक भएको छ।यतिमात्रै होइन एक बोत्तल ‘टाइगर वाइन’ का लागि यहाँका धनाढ्य र सौखिनहरु करोडौं खर्चिन पनि तयार रहेको तथ्य बाहिर आएको छ ।
एक अनुसन्धनात्मक रिपोर्टले बाघलाई मारेर चीनमा रक्सी बनाइरहेको तथ्य बाहिर ल्याएको हो । यो रिपोर्टले चिनियाँ सरकारकै अगाडि खुलेआम बाघको हड्डीबाट रक्सी बनाएको उल्लेख गरेको छ ।
बेलायती समाचार अनलाइन डेलीमेलको रिपोर्टमा चीनमा बाघको दयनीय अवस्था बाहिर ल्याइएको छ ।चीनका विभिन्न चिडियाखानामा बाघलाई एकदमै फोहोर र अफ्ठेरो जग्गामा राखेर कम खाना दिँदा सयौं बाघहरु मरेका बताइएको छ ।
रिपोर्टका अनुसार भोकले मरिरहेका यिनै बाघका हड्डीबाट यहाँ वाइन बनाउने गरिएको छ। हड्डीको वाइनको व्यापारले अहिले चीनमा अर्बौं डलरको ब्यापारको रुप लिइसकेको छ ।अनुसन्धानका क्रममा चिनियाँ सरकारको मौन स्वीकृतिमा बाघको हड्डीको रक्सीको विक्री अनलाइनमा तीब्रगतिमा भइरहेको छ ।
चीनमा यस रक्सीलाई ‘हेल्थ टोनिक’ बताउँदै बाघकै आकारको बोत्तलमा राखेर धमाधम बेच्ने गरिएको छ ।अच्चमको कुरा चीनका धनाढ्य र सौखिनहरु एक बोत्तल ‘टाइगर वाइन’ का लागि ४ सय पाउन्ड (करिब ६२ हजार रुपैयाँ) सम्म तिरिरहेका छन् ।
बाघको रक्सीले आफूलाई मजबुत बनाउने तथा मानिसको सेक्स पावर बढाउने पनि पुरातन विश्वास रहेको छ ।रिपोर्टका अनुसार यस अवैध उत्पादनलाई तयार गर्नका लागि चीनमा तीब्रगतिमा बाघको प्रजनन गराउने क्रम बढेको छ ।
आफूसँग बाघको हड्डीबाट रक्सी बनाइएको पर्याप्त प्रमाण रहेको दाबी वातावरणीय अनुसन्धानन एजेन्सी (ईआईए) गरेको छ ।बाघको रक्सीको माग बढ्दै गएपछि चीनका छिमेकी देशहरुमा पनि बाघको प्रजनन केन्द्रको विकासले तीब्रता पाएको छ ।
ईआईएका अनुसार चीनको सीमाना जोडिएको लाओसमा ५ सय बाघ पालिएको एउटा प्रजनन केन्द्र नै खोलिएको छ । यसका अलाबा ताइवानमा पनि बाघको प्रजनन केन्द्र खोलिएको छ ।
डेलीमेलले ईआईएका अभियन्ता श्रुति सुरेशलाई हवाला दिँदै बाघको हड्डीको रक्सीको ब्यापार खतरनाक स्तरमा पुग्न लागेको जानकारी दिएका छन् ।रिपोर्ट अनुसार दक्षिणपश्चिम चीनको गुइलिनस्थित प्राकृतिक चिडियाखानामा करिब १८ सय बाघ रहेका छन् । यहाँ क्षमताभन्दा दोब्बर बढी बाघ पालिएको छ ।
अनुसन्धानमा पत्ता लागे अनुसार बाघको हड्डीलाई आठ वर्षसम्म भातबाट बनेको वाइनमा डुबाएर राखिन्छ । त्यसपछि चिनियाँ जडिबुटी र सर्पको रस मिलाएर बोत्तलमा बन्द गरिन्छ ।यसो गरिएपछि पहेँलो रंगको रक्सी तयार हुन्छ । जसको स्वाद कुनै खोकीको झोल औषधि या सस्तो मूल्यो ब्रान्डीको जस्तै हुन्छ ।



0 comments
प्रतिक्रिया दिनुहोस्...