-->
मलेसियाबाट ५३ हजार नेपाली कामदार फिर्ता
Advertisement

सोमबार, २२ चैत
काठमाडौं । मलेसिया सरकारले आप्रवासी कामदारलाई रोजगारीका लागि मलेसियामा आउन बन्द गरेसँगै मलेसियाको रोजगारी छाड्ने नेपालीको संख्या वृद्धि भएको छ ।
एक महिनाको अवधिमा मलेसियाबाट ५३ हजार २५ जना नेपाली वैधानिक श्रमिकको सूचीबाट हटेको छन् ।मलेसियामा चार लाख ८३ हजार नौ सय ८ नेपाली श्रमिक वैधानिक रुपमा काम गरिरहेको अध्यागमनको तथ्यांकमा रहेको छ ।

मलेसियाबाट एक महिनाको अवधिमै ५० हजारभन्दा बढी नेपाली घर फर्किएको वा अवैधानिक भएको भन्ने बिषयमा अध्यागमनले स्पष्ट पारेको छैन ।मलेसियामा रोजगारी छाड्ने नेपालीको संख्या अन्य देशका श्रमिक भन्दा धेरै छ ।
करिब ५० हजारभन्दा धेरै नेपाली श्रमिकले मलेसियाको वैधानिक रोजगारी छाडेका छन् । नेपाली कामदारको यो तथ्यांकले पनि मलेसियाबाट आउनेभन्दा स्वदेश र्फकने धरै भएको पुष्टि हुन्छ ।

मलेसियामा बढेको लेबी, महंगी र असुरक्षाका कारण उनीहरुले रोजगारी छाडेका हुन् । पहिलाको दाँजोमा आम्दानी कम हुने र रेमिटेन्सको कमीका कारण पनि रोजगारी छाड्नु परेको हो । आजको अन्नपुर्णमा समाचार छ । nepalsandesh


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.