-->
माओवादीविरुद्ध भारतले उतार्यो वायुसेना
Advertisement

एजेन्सी: भारतीय सरकारले बिहार, छत्तीसगढ र झारखण्डसहितका जिल्लामा युद्धरत माओवादीलाई तह लाउन वायुसेनालाई मैदानमा उतारेको छ ।
शुक्रबार भारतीय वायुसेनाका एमआई-१७ हेलिकप्टरले छत्तीसगढ राज्यको माओवादी प्रभावित बस्तर जिल्लामा स्थानीय पुलिससँग मिलेर फायरिङ अभ्यास गरेको छ।
पुलिस मुख्यालयको तर्फबाट जारी गरिएको वकत्ब्यमा १ अप्रिलबाट वायुसेनाका तीन हेलिकप्टरले बस्तरको सुकमामा उडान भरिरेहका छन् । उडानकै क्रममा एमआई-१७ हेलिकोप्टरले फायरिङको अभ्यास पनि गरेको हो ।
छत्तीसगढमा विशेष पुलिस महानिर्देशक (नक्सल अपरेशन) डीएम अवस्थीले पत्रकारहरुलाई माओवादीविरुद्धको कारवाही वायुसेनाको विशेष प्रशिक्षण प्राप्त कमाण्डोले गरिरहेका छन् । अभ्यासमा वायुसेना र सुकमा पुलिसका वरिष्ठ अधिकारी पनि सहभागी थिए ।
भारतीय वायुसेनाले माओवादीविरुद्ध लक्षित गर्दै यसअघि पनि सैन्य अभ्यास गरिसकेको छ । अघिल्लो साल अक्टोबरमा पनि बिजापुर जिल्लामा वायुसेनाका हेलिकोप्टरबाट फायरिङको अभ्यास गरिएको थियो ।
अहिलेलाई बस्तरमा सेनाको हेलिकोप्टरको प्रयोग सुरक्षाबललाई अतिआवाश्यक सामान र लडाइँमा घाइते ओसार्न प्रयोग गरिने भएको प्रहरी अधिकारीहरुको भनाइ छ ।
कयौं पटक माओवादीले वायुसेनाका हेलिकोप्टरलाई निशाना पनि बनाइसकेका छन् । वायुसेनाले अहिलेलाई आफूमाथि आक्रमण भएमा जबाफस्वरुप कारबाही गर्ने भएको छ ।
पुलिस अधिकारीका अनुसार सेना आफ्नो हेलिकोप्टरबाट केवल 'आत्मरक्षार्थ' हमला गर्नेछ । तर मानवाधिकार संगठनहरु पुलिसको यस सफाइबाट सन्तुष्ट छैनन् ।
मानवाधिकार संगठन पियुसिएलका छत्तीसगढ इकाई अध्यक्ष डक्टर लाखन सिंहले वायुसेनाको यो प्रयासले यहाँ अझै हताहती बढ्ने बताउँदै इन्द्रावती बाघ संरक्षण केन्द्रभित्र वायुसेनाको अभ्यासलाई गलत भएको बताएका छन् ।
- अन्नपूर्ण पोस्ट्


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.