अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) सिटिइभिटीले गरेको सिटिइभिटी कपको उद्घाटन गर्दै उनले एकैपटक धेरै इन्धन भण्डारण गर्ने प्रवृत्तिका कारण पनि बजारमा अभावको अवस्था आएको उल्लेख गरे ।
उनले निगमको भण्डारण क्षमता कम भएका कारण पनि कुनै अवरोध हुनेबित्तिकै बजारमा अभाव देखिने गरेको उल्लेख गरे ।
पुनले भने, ‘सिंहदरबारभित्र र आसपासमा आश्रय लिएर बसेका कालोबजारियालाई तह लगाउन युवा विद्यार्थीको सहयोग अत्यावश्यक छ । हामीले कालोबजारियालाई तह लगाउन सकेनौँ भने कोही कसैले सक्दैन ।’
मन्त्री पुनले निगमको भण्डारण क्षमता १६ दिनको मात्रै रहेकाले त्यसलाई कम्तीमा पनि ९० दिनको बनाउने तयारीमा लागेको जानकारी दिए ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव एवम् अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष युवराज लामाले नयाँ संविधान कार्यान्वयनका लागि खेलकुदमार्फत लाखौँ युवालाई गोलबन्द गर्नुपर्नेमा जोड दिए । रासस



0 comments
प्रतिक्रिया दिनुहोस्...