-->
के साच्ची नेपालमा अर्को संकट आउन थालेको हो त ?, पढ्नुस् यथार्थ
Advertisement

काठमाण्डु, १६ वैशाख– २०७२ सालमा भूकम्प र नाकाबन्दीले सताएको नेपालमा फेरि अर्को संकट आउने भन्दै यतिबेला चारैतिर हल्ला चलिरहेको छ । के साच्ची २०७३ मा नेपालमा संकट आउँछ त । आयो भने पनि के र कस्तो संकट आउन थालेको हो त ? यस विषयमा काठमाण्डु टुडेले सबैलाई स्पष्ट होस् भनि भ्रम हटाउने प्रयास गरेको छ ।

यतिबेला विगत लामो समयदेखि नेपालमा वर्षा हुन सकेको छैन । अझ भन्ने हो भने ०७२ सालमा त लामो समय खडेरी नै पर्यो । जुन खडेरी अहिलेसम्म जारी छ । पानी नपरेका कारण पूर्वी र पश्चिमी तराईका कतिपय जिल्ला र तराईंसँग जोडिएका केही पहाडि जिल्लामा खुख्खा सुरु भइसकेको छ । जसले खाद्यान्न, तरकारी लगायतका खाद्यवस्तु उत्पादनमा नकारात्मक प्रभाव पारिरहेको छ भने किसान पनि चिन्तित छन् । खेतीपातीको समय सुरु हुनै लाग्दासम्म वर्षा नहुनुले खाद्यवस्तु उत्पादन नहुने र संकट आउने हल्ला चारैतिर फिजिएको छ ।

के पर्ने नै हो त संकट ?
वर्षा नभएकै कारण पर्ने खडेरीका कारण खाद्यान्न उत्पादनमा देखिने समस्या, पानीको मुहान सुक्नु, तरकारीबाली सुक्नु, बढ्दो गर्मीमा जनजीवन प्रभावित हुनु आदीका कारण संकट पैदा हुने धेरैको अनुमान छ । गर्मीयाम सुरु हुँदासम्म पनि लामो समयदेखि वर्षा नहुनुले धेरैमा यो आशंका पैदा हुनु पनि स्वभाविक हो । तर, मौसमविद् भने यसलाई मान्न तयार छैनन् ।

khaderi

के भन्छन् मौसमविद् ?
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठ नेपालमा हाल देखिएको खडेरी धेरै लामो समय नरहने बताउँछन् । काठमाण्डु टुडेसँगको कुराकानीमा उनले भने, ‘अहिले नै नेपालभरी खडेरी परेको भन्न सकिदेन । खाली पूर्वी नेपालको तराई क्षेत्रमा मात्र परेको हो । अहिलेको यो समयलाई प्रि–मनसुन याम भनिन्छ एक महिनापछि मनसुनयाम सुरु हन्छ त्यसपछि पानी पर्न सुरु गर्नेछ ।’

त्यसबेला साच्ची वर्षा हुन्छ त भन्ने प्श्नमा उनले भने, ‘मनसुनयाम १० जुन देखि सुरु हुन्छ । अझै मे महिना बाँकी छ । हामीले अनुमान गरेअनुासर यसवर्ष पर्नुपर्नेभन्दा धेरै पानी पर्नसक्छ ।’

जुन महिनादेखि मनसुनयाम सुरु भइ आवश्यक मात्रामा वर्षा हुने बताउँदै उनले तराईमा रोपाई गर्ने समयसम्म वर्षा हुने बताए । उनी भन्छन्, ‘यही प्रि–मनसुनको समयमा पानी पर्न सक्छ यदी परेन भने पनि जुन १० बाट मनसुन सुरु भएपछि भने आवश्यक भन्दा बढी मात्रामा पक्कै वर्षा हुन्छ ।’

नेपालमा मात्र होइन खडेरी

यसैगरी हाल नेपालसहित छिमेकी मुलुक भारत र दक्षिण एसियाली राष्ट्रमा नै खडेरकिो समस्या छ । भारतमा त खडेरीकै कारण हालसम्म सय बढी मानिसले ज्यान गुमाइसकेका छन् । विश्व मौसम संगठन वल्र्ड मेटेओरोलोजिकल अर्गनाइजेसनले एल—निनो नामको मौसमी अबस्थाका कारण दक्षिण एसियामा खडेरी पर्ने जनाएको छ ।

प्रशान्त महासागरको पानीमा अस्वभाविक तापका कारण सिर्जना हुने एल—निनो मौसमी अवस्थाको प्रभाव विश्वव्यापी रुपमा नै भइरहेको वैज्ञानिकहरुको भनाई छ ।Kathmandutoday 


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.