-->
राजधानीमा भूकम्पको ठूलो धक्का
Advertisement

काठमाडौं, २७ चैत । राजधानीमा शनिबार साँझ भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
भूकम्पको धक्काले उपत्यकाबासी घरबाहिर सडकमा निस्किएका छन् ।
साँझ ७ बजेतिर गएको भूकम्पको धक्का काठमाडौं, भक्तपुर, ललितपुरका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको छ ।
यो धक्का पाँच रेक्टर स्केल भन्दामाथि रहेको र मापन भइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।


Advertisement

0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.