काठमाडौं, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको गोप्य रहस्यको खुलासा भएको छ ।
बाहिर हेर्दा त्यस्तो नदेखिएपनि ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा ज्योतिषहरुलाई आश्चर्यमा पार्नेगरी आफ्नो गोप्य कुरा आफैले खोलेका हुन् ।
कुरा हो ज्योतिष शास्त्रको । ओलीले सम्बोधनको अन्तिममा भविष्यको संकेत गर्ने ज्योतिषहरुका बारेमा पनि बोले । जसले ज्योतिषहरु नै अचम्ममा परे ।
सम्बोधनमा ओलीले ज्योतिषशास्त्रले २०७३ साललाई राम्रो वर्ष भनेको र विकास र समृद्धिका धेरै कामहरु अघि बढ्ने संकेत गरेको स्मरण गरे ।
ज्योतिषहरुले नयाँ वर्षमा राम्रो संकेत दिएको भन्दै सम्पूर्ण नेपाली जनतालाई नयाँ वर्षको शुभकामना पनि दिए । ‘सरकार जटिल परिस्थितिमा भएतापनि देश र जनताका लागि काम गर्छ भन्ने संकेत ज्योतिषहरुबाट आएको छ । हामीले त्यसमा विश्वास गरेका छौं’ प्रधानमन्त्रीले भने ।
कम्युनिष्ट पार्टीबाट प्रधानमन्त्री बनेपनि ओलीले ज्योतिष शास्त्रमा विश्वास गर्दै ज्योतिषले गरेको भविष्यवाणीलाई आफ्नो सम्बोधनमा उच्चारण गर्न भ्याएपछि एक जना ज्योतिष सुनील सिटौलाले भनेका छन्- ‘प्रधानमन्त्री भइसकेपछि सरकारी निवास बालुवाटार सर्दा गृहप्रवेशको साइत नै नहेर्ने ओलीले नयाँ वर्षबारे ज्योतिषमा विश्वास गर्दा अचम्मै लाग्यो । जे होस् ढिलै भएपनि राम्रै भो ।’
प्रधानमन्त्री ओली बालुवाटार सर्दा साइत नहेरी सिधै प्रवेश गरेका थिए । उनको यो कदमबाट ज्योतिषहरु असन्तुष्ट बनेका थिए भने ओली ज्योतिष शास्त्रलाई नमान्ने प्रमका रुपमा चिनिएका थिए । तर, हिजोको सम्बोधनले त्यो भ्रम चिरिदिएको छ ।
यसअघि प्रधानमन्त्रीहरु साइत हेरेर मात्रै बालुवाटार सर्दथे । तत्कालिन प्रधानमन्त्री सुशील कोइराला पनि साइत हेरेरै बालुवाटार सरेका थिए ।



0 comments
प्रतिक्रिया दिनुहोस्...